सभामुखले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै

शनिबार, ०५ जेठ २०८१, १३ : ३९

काठमाडौँ - संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् ।

शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको उनका प्रेस सल्लाहकारले जानकारी दिए । साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएकोले देउवासँग पनि छलफल हुनसक्ने अधिकारीले बताए । 

शनिबार, ०५ जेठ २०८१, १३ : ३९

प्रतिक्रिया