काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।
उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा पाँचरछ पटकसम्म विश्वासको मत लिनुपर्ने परिस्थिति आउनसक्ने पनि बताए। 'कांग्रेसका एकजना नेताले १३ पटकसम्म लिनुपर्छ भन्नुभएको थियो। यसपालि ५र६ पटक लिनुपर्ने देख्छु,' उनले भने। ‘तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यसकारण दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे। ‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन,’उनले भने।
प्रतिक्रिया