काठमाडौँ - १० महिनाको अवधिमा ४१ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ३०४ सय परियोजनामार्फत ४१ अर्ब ३८ करोड ५२ लाख २६ हजार रुपियाँ प्रतिबद्धता आएको हो ।
वैशाख महिनामा मात्र २१ वटा परियोजनामार्फत दुई अर्ब १५ करोड ८५ लाख रुपियाँ प्रतिबद्धता आएको छ । १० महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १४४, सेवा क्षेत्रका १०३, उत्पादनमूलक परियाजना ३४, सूचना तथा प्रविधि क्षेत्रमा नौ, कृषिजन्य सात, खानिजजन्य एक गरी परियोजना दर्ता भएका छन् । १० महिनामा सबैभन्दा धेरै साना उद्योग २९०, मझौला उद्योग १३ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ ।
प्रतिक्रिया