स्याङ्जाको एक ग्यारेजमा आगलागी

शनिबार, ०५ जेठ २०८१, १६ : २२

काठमाडौँ - स्याङ्जाको वालिङ नगरपालिकामा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ । गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर बिक्रीका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको हो । 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको वडा प्रहरी कार्यालय वालिङका डिएसपीले जानकारी दिए । ग्यारेजमा रहेका सामग्री तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको उनको भनाइ छ । एक करोड पचास लाखभन्दा धेरै क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

शनिबार, ०५ जेठ २०८१, १६ : २२

प्रतिक्रिया