युवालाई रोजगारमुखी बनाउन मोटर ड्राइभिङ तालिम

शनिबार, ०५ जेठ २०८१, १६ : ३६

काठमाडौँ - बेरोजगार गरिबीको रेखामुनि रहेका ६० जना बेरोजगार युवालाई  रोजगारमुखी बनाउन चन्द्रपुर नगरपालिकाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको छ । 

आर्थिक वर्ष २०८०\०८१ को बजेटबमोजिम युवालाई स्वरोजगार बनाउन पालिकाले स्थानीय ‘पायोनियर मल्टिपर्पोज ड्राइभिङ सेन्टर’लाई तालिमको जिम्मा दिएको छ । ड्राइभिङ तालिम लिन बेरोजगार युवाको चाहना निकै बढेको छ । तालिममा ६० जना युवामध्ये १० जना महिलाको सहभागी छ । वैदेशिक रोजगारमा जान चाहने युवाको पनि सहभागी रहेको छ । २१ दिनसम्म चल्ने ड्राइभिङ तालिम लिएपछि युवा साना सवारी चलाउन दक्ष हुने छन् । 
 

शनिबार, ०५ जेठ २०८१, १६ : ३६

प्रतिक्रिया