काठमाडाैँ- शुक्रबार मौन्द्रिक नीतिपछि सेयर बजार आज आइतबार खुल्दै छ । गत साता साढे २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला भन्ने आम लगानीकर्ताको चासोबो विषयम बन्न पुगेको छ ।
गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। अघिल्लो साता १९६६.२३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.६७ प्रतिशत अर्थात ५२.५३ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको छ। गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो। गत साताको बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। मौद्रिक नीतिपछि सेयर बजारको लागि नीतिगत सुधार नभएपनि सैद्धान्तिक रुपमा केही सुधार भएको लगानीकर्ताको भनाई छ ।
प्रतिक्रिया