प्रि ओपन सेसनमा २६ अंक बढ्यो नेप्से

आइतबार, ०६ जेठ २०८१, ११ : ०४

काठमाडाैँ- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंक बढेको छ।स दिन सो सेसनमा २६.०४ अंक बढेर २०४४.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८० अंक बढेको  हो ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा बन्द भएको थियो । आइतबार प्रि ओपन सेसनमा १४० स्टकको २९३ पटकको कारोबारमा ५६ लाख ७५ हजार ८२ रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

आइतबार, ०६ जेठ २०८१, ११ : ०४

प्रतिक्रिया