काठमाडौँ - सूर्योदय वोमी लघुवित्तले करिब ६२ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य २ सय ९४ रुपियाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले जेठ १३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सक्ने बताइएको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
प्रतिक्रिया