खैरो हेरोइनसहित एकजना पक्राउ

आइतबार, ०६ जेठ २०८१, १६ : ४४

काठमाडौँ - चन्द्रागिरीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुर घर भएका ३२ वर्षीय सचिन राना हुन् । 

उनको साथबाट ४८ ग्राम खैरो हेराइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपीले  बताए । महेन्द्रनगरबाट काठमाडौँ आएको बसमा सवार उनी नागढुंगा चेकप्वाइन्टबाट पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ । 

आइतबार, ०६ जेठ २०८१, १६ : ४४

प्रतिक्रिया