सन नेपाल लाइफ इन्सुरेन्सको  साधारण कहिले  ?

सोमबार, ०७ जेठ २०८१, ०८ : १४

काठमाडाैँ- बुधबार जेठ ९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २३।८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ पूतिशत १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सोमबार, ०७ जेठ २०८१, ०८ : १४

प्रतिक्रिया