सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजार ८०१ कित्ता शेयर बिक्रीमा

सोमबार, ०७ जेठ २०८१, ११ : ०२

काठमाडौं- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार ८०१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, नक्सालमा पेश गर्नुपर्नेछ । 

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सोमबार, ०७ जेठ २०८१, ११ : ०२

प्रतिक्रिया