काठमाडौँ - युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९\८० का लागि कम्पनीले दिएको ५.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो ।
अब कम्पनीको थप २ लाख ३१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ५.५ प्रतिशत बोनस सेयर र ०.२८९ प्रतिशत नगद गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो । बोनस पछी कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको हिजो प्रतिकित्ता ३५९.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया