जनतामा लोकतान्त्रिक शक्तिप्रति ठूलो भरोसा जागेको छ : प्रधानमन्त्री

सोमबार, ०७ जेठ २०८१, १२ : ३३

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख देवराज  घिमिरेले प्रचण्डलाई प्रस्ताव पेश गर्न समय दिएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुन काण्ड लगायतमा प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतान्त्रिक शक्तिप्रति ठूलो भरोसा जागेको बताए । उनले जनतामा सुशासनका क्षेत्रमा ठूलो आशा जागेको बताए । ‘पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्र जस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको वैचरिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको थियो’, उनले भने।


 

सोमबार, ०७ जेठ २०८१, १२ : ३३

प्रतिक्रिया