चट्याङ लागेर ७२ भेडा मरे

सोमबार, ०७ जेठ २०८१, १३ : ५६

काठमाडौँ - सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरीका गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका छन् । 

सभापोखरी गाउँपालिका उपाध्यक्षले  रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको बताइन् । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । 


 

सोमबार, ०७ जेठ २०८१, १३ : ५६

प्रतिक्रिया