कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

सोमबार, ०७ जेठ २०८१, १४ : १४

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 


आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।  कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।
 

सोमबार, ०७ जेठ २०८१, १४ : १४

प्रतिक्रिया