गायिका आस्था राउतले अग्रिम पारिश्रमिक नलिई कार्यक्रममा नजाने निर्णय लिएकी छन् । उनले फेसबुकमार्फत यस्तो जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘केही राम्रा आयोजक पनि ठगको सूचीमा पर्नेछन् । म नाम सार्वजनिक गर्नका लागि अगाडि बढिसकें ।’
उनले लखेकी छिन्, ‘धेरैले ठगेको र पूरै पैसा अहिलेसम्म नदिएकैले अबदेखिका कार्यक्रममा अग्रिम पारिश्रमिक लिने नत्र कुनै कार्यक्रममा नजाने निर्णयमा पुगियो ।’
आस्थाले पारिश्रमिक नदिने, फोन नउठाउने र फेसबुकमा अनफ्रेन्ड गर्ने त्यस्ता आयोजकलाई ‘चोर’सम्म भनेर आक्रोश पोखिन् ।
प्रतिक्रिया