सुर्खेतमा मिनिबस दुर्घटनामा परि दुई जनाको मृत्यु

सोमबार, ०७ जेठ २०८१, १४ : ३२

काठमाडौँ - सुर्खेतको वीरेन्द्रनगरमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ ।  कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो  । 

बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले  जानकारी दियो । ‘बसमा १५ जना भन्दा बढी भएको अनुमान भइरहेको छ । मृतकको पहिचान खुलेको छैन भने घाइतेहरूको विवरण सङ्कलन भइसकेको छैन ।  घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको छ । 

सोमबार, ०७ जेठ २०८१, १४ : ३२

प्रतिक्रिया