गुरुङ बने एमाले बाँकेको अध्यक्ष

सोमबार, ०७ जेठ २०८१, १५ : ०५

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अधिवेशसन सम्पन्न भएको छ । अधिवेशनबाट नीरक गुरुङ अध्यक्षमा विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मत परिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए । 

 कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए । उनले तीन सय १३ मत प्राप्तगरे । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत छन् ।

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिइन् । कुल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।

सोमबार, ०७ जेठ २०८१, १५ : ०५

प्रतिक्रिया