सेयर बजारमा २७.५४ अंकको वृद्धि

सोमबार, ०७ जेठ २०८१, १५ : १९

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा आठ वटा उपसूचक हरियाली भएको छ ।सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ९२ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १८ करोड ८९ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १३ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शाइन रेशुङ्गा बैंकको १३ करोड ४२ लाख ४९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ११ करोड २९ लाख ४० हजार रुपैयाँको कारोबार भएको हो ।

 

सेयर मुल्य बढेका कम्पनीहरु
सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावरको, भगवती हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सोमबार, ०७ जेठ २०८१, १५ : १९

प्रतिक्रिया