एक कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

सोमबार, ०७ जेठ २०८१, १५ : ४५

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १:१ अनुपातमा जारी हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । 

शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार दुई सय रुपैयाँ पुगेको छ । हकप्रद मार्फत कम्पनीले काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने तयारी रहेको छ ।

 
 

सोमबार, ०७ जेठ २०८१, १५ : ४५

प्रतिक्रिया