काठमाडौँ - सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो । दुवै जनाको शव प्रारम्भिक कार्य पुरा गरी कर्णाली प्रदेश अस्पताल कालागाउँको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया