काठमाडाैँ- सिपला सेक्युरेटिजले १० करोड रुपैयाँभन्दा बढी नदिएकोभन्दै नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा उजुरीपरेको छ । ठुलो लगानीकर्ताको रुपमा चिनिएका दिपेन्द्र अग्रवालको दुईवर्षदेखिको सेयर विक्रि गरेको रकम नदिएकोभन्दै नेपाल धितोपत्रसहितमा उजुरी दिए हो ।
कूल करम ७ करोड ८८ लाख रुपैयाँ कारोबार भएको र दुईवर्षसम्म नतिरेको भन्दै तीन करोडब्याज समेत आउनेगरी उजुरी दिएकाे हाे । नेप्सेमा दिएको उजुरीमा आफ्नो र परिवारको मात्र नभई अन्य केही लगानीकर्ताहरुको रकम भुक्तानी नदिएको भन्दै उजुरी दिएको उजुरी पत्रमा उल्लेख छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनुगमन तथा सुपरवेक्षण शाखाले यो विषयमा छानविन गरिरहेको छ । स्टक स्रोतका अनुसार दुबै पक्षलाई छलफलका लागि बोलाइएको र यथाशिघ्र बोलाएर छलफल गर्नुे भएकोछ ।
प्रतिक्रिया