काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै यी शेयर विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा उल्लेखित शेयर विक्री हुन नसकेमा सर्वसाधारणमा यी शेयर विक्री प्रक्रिया अघि बढाईनेछ ।
प्रतिक्रिया