बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न स्वीकृति

मंगलबार, ०८ जेठ २०८१, १२ : ००

काठमाडौं - बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो ।

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेको थियो । तर, आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

मंगलबार, ०८ जेठ २०८१, १२ : ००

प्रतिक्रिया