काठमाडौँ - एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
एसियन लाइफले कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित गरि हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी रु.५ अर्ब पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीले शेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।
प्रतिक्रिया