माधव नेपालको निशानामा मधेश सरकार

मंगलबार, ०८ जेठ २०८१, १४ : २१

काठमाडौं– सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । । उनले मुलुकको बदलिँदो राजनीतिक परिस्थितिका कारण मधेश सरकारको नेतृत्वमा फेरबदल आउन लागेको उल्लेख गरे ।

जनकपुरमा सञ्चारकर्मीहरुसँग बोल्दै संघीय सरकारको स्वरुपमा भएको परिवर्तनबमोजिम मधेसमा पनि हुन लागेको उनको भनाई छ । 

उनले भने ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ । मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको छ ।’

मंगलबार, ०८ जेठ २०८१, १४ : २१

प्रतिक्रिया