सञ्चार मन्त्री शर्माको सम्पत्ति : एउटा घर, एउटा होण्डाइ कार, ६ तोला सुन, २ तोला चाँदी

मंगलबार, ०८ जेठ २०८१, १६ : ४९

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा घर रहेको उल्लेख गरेकी छन् । ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् । 

यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।

मंगलबार, ०८ जेठ २०८१, १६ : ४९

प्रतिक्रिया