कृषिमन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी सानिमा बैंकमा ३० हजार

मंगलबार, ०८ जेठ २०८१, १६ : ५५

काठमाडौँ - सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बारामा श्रीमान् अमृतकुमार शर्मा बजगाईको नाममा ६ कट्ठा, सर्लाहीमा ५ बिघा, १९ कट्ठा जग्गा रहेको उल्लेख गरेकी छिन ।

मन्त्री साहको कलैयामा १५ कट्ठा जग्गा र १० कट्ठा जग्गा जग्गा रहेको छ । यस्तै सुन १० तोला, चाँदी २५ तोला रहेको छ ।  नगदतर्फ सानिमा बैंकमा ३० हजार रुपैयाँ, श्रीमानको नाममा १० हजार रुपैयाँ र चार कट्ठा जग्गामा बनेको अढाई तले घर रहेको मन्त्री साहको सम्पत्ति विवरणमा रहेको छ ।

मंगलबार, ०८ जेठ २०८१, १६ : ५५

प्रतिक्रिया