काठमाडौँ - रक्षामन्त्री हरि उप्रेतीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । स्थायी ठेगाना सर्लाही भए पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ दीर्घायु टोलमा बसोबास गर्दै आइरहेका छन् ।
मन्त्री उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको छ । विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेको छ । यस्तै सुन २५ तोला रहेको छ । यस्तै १६ लाखको गाडी रहेको मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा देखाएका छन् । उनले उनले नगद सम्पत्ति देखाएका छैनन् ।
प्रतिक्रिया