वडाध्यक्षद्वारा एमाले छोडेको घोषणा

बुधबार, ०९ जेठ २०८१, १० : ५०

काठमाडौं – भर्खरै जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेको एमालेको लागि अप्रिय समाचार बाहिरियो । सुदृढ एकता गरेर मिशन ८४ मा जाने घोषणा गर्दै जिल्ला अधिवेशन सम्पन्न भए लगत्तै घोराही उप–महानगरपालिका–८ का अध्यक्ष जीतेन्द्र शाहले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

एमालेका कार्यकर्ताबाट भौतिक आक्रमण भएको र आक्रमण गर्नेलाई पार्टीले संरक्षण गरेको आरोप लगाउँदै पार्टी परित्याग गरेको शाहले मंगलबार पत्रकार सम्मेलन गरेर घोषणागरेका हुन् । एमालेबाट निर्वाचित शाह यसअघि घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा अध्यक्ष पदबाट राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका थिए ।  मंगलबार पत्रकार सम्मेलनमा बोल्दै शाहले वडाध्यक्ष पदबाट भने राजीनामा नदिने बताए ।

बुधबार, ०९ जेठ २०८१, १० : ५०

प्रतिक्रिया