नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ ल्याउदैँ

बुधबार, ०९ जेठ २०८१, १२ : ४४

काठमाडौँ- नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो ।  
उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।  

उक्त सभामा चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने तथा प्रिमियममा आईपीओ जारी गर्ने र कम्पनीको रु.५० प्रति सेयरको २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 


 

बुधबार, ०९ जेठ २०८१, १२ : ४४

प्रतिक्रिया