काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयलाई लिएर देशभित्र विभिन्न प्रतिक्रियाहरु आएका छन् । विभिन्न सञ्चार संसथाहरु र नागरिक समाजले यस घटनाको आलोचना गरिरहेको अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले पनि एक विज्ञप्तिमार्फत् आफ्नो धारणा व्यक्त गरेको छ ।
अमेरिकी दूतावासले सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको छ । दुतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ’,
प्रतिक्रिया