सेयर बजारमा दोहोरो अंकको वृद्धि

बुधबार, ०९ जेठ २०८१, १५ : २९

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार बजार १५.५४ अंकले बढेर २१३१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा ४ वटा उपसूचक मात्र हरियाली भएको छ ।यस दिन सबैभन्दा बढी नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको २१ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सेयर बजारमा १५ अंकको वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

त्यस्तै  सिइडिबी हाइड्रोपावरको १७ करोड ५३ लाख ३९ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १७ करोड ५३ लाख ३६ हजार रुपैयाँ र नबील बैंकको १५ करोड ५० लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनएमबि बैकको ८.४७ प्रतिशत, कृषि विकास बैकको ७.०७ प्रतिशत, नबील बैंकको ६.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बुधबार, ०९ जेठ २०८१, १५ : २९

प्रतिक्रिया