गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण

३ हप्ता अगाडि

काठमाडौँ- रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण भएको छ । युक्रेनको वोइङ जहाज मंगलबारदेखि विमानस्थलमा पार्किङ भएको हो ।  गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद रावतले विमान १३ गतेसम्म विमानस्थलमा पार्किङ हुने जानकारी दिए । 

उक्त विमानमा चालक दलका सदस्यहरू मात्रै रहेका छन् । युक्रेनी कम्पनीको उक्त चार्डड जहाज लिबियामा  शान्तिस्थापनार्थ नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौँमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ  । 

काठमाडौँमा घण्टाको हिसाबले पार्किङको शुल्क  तिर्नुपर्ने हुन्छ । तर गौतमबुद्ध विमानस्थल प्रवर्द्धन गर्नको लागि ल्यान्डिङ्ग र पार्किङ्गको शुल्क लिने गरिएको छैन । जेठ १३ गते उक्त विमान भैरहवाबाट काठमाडौँ हुँदै स्वदेश फर्किने बताइएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया