कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

३ हप्ता अगाडि

काठमाडौँ - कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु नाममा रहेको कुल २ लाख ८७ हजार ५३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनीहरु सन्दिप दाहालको नाममा रहेको १ लाख ६७ हजार ६४ कित्ता र चक्रधरी दाहालको नाममा रहेको १ लाख २० हजार ५०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न चाहनेले जेठ १० गते बिहीबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया