गृहमन्त्री रवि लामिछाने निलम्बन होलान त ?

३ हप्ता अगाडि

काठमाडौं – सहकारी ठगी मुद्धामा मुछिएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा  रिट दर्ता भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो । उक्त रिटमा लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ 

 सर्वोच्च अदालत प्रशासनले यसअघि उक्त रिट दरपीठ गरिदिएको थियो । महान्यायाधीवक्ता  डा. दीनमणि पोखरेलले यसअघि लामिछानेलाई सहकारी ठगीमा कहीँ पनि कुनै उजुरी र अनुसन्धान नभएको भन्दै क्लिनचिट दिएका थिए । त्यसविरुद्ध अधिवक्ता भट्टराईसहित सर्वोच्च पुगेका हुन् ।

भविष्यमा समेत यस प्रकारको पत्र जारी गरी फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने र प्रभावित गराउन सक्ने भएकाले महान्यायाधिवक्ताको पत्रको कानुनी आधारसमेत नभएकाले बदर गर्न माग गरिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया