जिप दुर्घटनामा परि ७ जना घाइते

३ हप्ता अगाडि

काठमाडौँ - सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप  दुर्घटनामा भएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिका कै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ । घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया