रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

विहीबार, १० जेठ २०८१, १४ : ०९

काठमाडौँ - बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका- ५ कोल्टिमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो  ।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन्। घाइते हुनेहरुमा नौं जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षकले जानकारी दिए । घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरिले जनाएको छ ।प्रहरि अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २५ मिटर तल खसेको छ ।

विहीबार, १० जेठ २०८१, १४ : ०९

प्रतिक्रिया