मोबाइल खोसेपछि बा-आमा र बहिनीको हत्या

३ हप्ता अगाडि

काठमाडौँ - ब्राजिलमा  मोबाइलको लतका कारण एक किशोरले आफ्नै बा-आमा र बहिनीको हत्या गरेका छन् ।

यो घटनाका जाँच प्रमुख रोबर्टो अफोन्सोका अनुसार एकजना नगर प्रहरी र उनकी पत्नीले बालकलाई धर्मपुत्रको रूपमा पालेका थिए । किशोरसँग बहसपछि बा-आमाले उनको हातमा भएको मोबाइल खोसिदिए । मोबाइल खोसेपछि रिसाएका किशोरले पिताको सर्भिस पेस्तोल उठाएर उनको ढाडमा गोली हाने । माथिल्लो तलामा बसिरहेकी बहिनीलाई पनि अनुहारमै गोली हाने ।  घटनाको समयमा किशोरकी आमा घरमा थिइनन् । 

केही घन्टामा उनी घर फर्किइन् । तर किशोरले उनको पनि गोली हानेर हत्या गरिदिए । यो घटना शुक्रबारको हो ।  सोमबारसम्म किशोर माता पिता र बहिनीको शवको साथमा घरमै बसे । यसबिच ती किशोर जिम र बेकरी पनि गएको बताइएको छ ।सोमबार किशोरले आफैँले प्रहरीलाई घटनाबारे जानकारी दिए र आफ्नो अपराध पनि स्वीकारे ।  उनलाई प्रहरीले हिरासतमा राखेको छ । नाबालिग भएकोले किशोरमाथि मुद्दा चलाइएको छैन । प्रहरीले यस घटनाको गम्भीर रूपमा छानबिन गरिरहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया