तालमा डुबेर एक जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका- ९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् ।

सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया