बाघको आक्रमणबाट एक जनाको मृत्यु

विहीबार, १० जेठ २०८१, १८ : ०८

काठमाडौँ - बाघको आक्रमणबाट बर्दियामा  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् । 

बाँसगढी नगरपालिका- ४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षकले जानकारी दिए । मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । 
 

विहीबार, १० जेठ २०८१, १८ : ०८

प्रतिक्रिया