राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो ?

३ हप्ता अगाडि

काठमाडौं – सदनको गतिरोध हटाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सो विषयमा छलफल   भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ। आजै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचीसमेत रहेको छ। अवरोधका बीच पनि नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरुको तयारी भएको थाहा हुन आएको छ । 

 

३ हप्ता अगाडि

प्रतिक्रिया