हकप्रद सेयर जारी गर्दै युनाइटेड अजोड इन्सुरेन्स

३ हप्ता अगाडि

काठमाडौं- युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

यस कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले १००:१५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि थप प्रकृया अघि बढ्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 
Capture

३ हप्ता अगाडि

प्रतिक्रिया