मलाई फेसबुकमा सन्दीप लामिछानेका समर्थकले अनफ्रेन्ड गर्नुहोला : गायिका अभया सुब्बा

३ हप्ता अगाडि

काठमाडौं - भोइस अफ नेपालकी पूर्व निर्णायक अभया सुब्बाले आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न क्रिकेटर सन्दीप लामिछानेका समर्थकलाई अनुरोध गरेकी छिन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले यस्तो अनुरोध गरेकी हुन् । 

“सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,” उनले लेखेकी छिन्, “म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भएको चाहन्छु ।”  अदालतको फैसलामा असन्तुष्ट जनाउँदै गायिका सुब्बाले यस्तो पोस्ट गरेको बुझ्न सकिन्छ ।  सुब्बाको फेसबुक पोस्टले सामाजिक सञ्जालमा बहस नै सिर्जना भएको छ । कतिपयले उनको साहसको प्रशंसा गरेका छन् भने कतिले कडा आलोचना गरेका छन् ।  हाल उनले उक्त पोस्ट हटाएकी छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया