राष्ट्रिय अनुसन्धान विभागमा २५२ कर्मचारी माग

३ हप्ता अगाडि

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभाग तीन पदका लागि २५२ कर्मचारी माग गरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै विभागले सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि कर्मचारी माग गरेको हो ।

विभागले सहायक सूचक २३४ (खुला १२८, आदिवासीरजनजाति ३३, मधेशी २९, महिला २८, दलित १६ र पिछडिएको क्षेत्र ६), सुरक्षा गार्डका लागि १६ (खुला ९, आदिवासीरजनजाति १, मधेशी २, महिला २, दलित १ र पिछडिएको क्षेत्र १) र परिचरका लागि २ (खुला १ र मधेशी १) कर्मचारी मागेको हो ।

सहायक सूचकका लागि कम्तिमा एसएलसीरएसईई पास, सुरक्षा गार्डका लागि ८ कक्षा पास र परिचरका लागि सामान्य लेखपढ गर्नसक्ने नेपाली नागरिकले असार १० गतेसम्म दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया