प्रतिनिधिसभा बैठक स्थगित

शुक्रबार, ११ जेठ २०८१, १३ : ०२

काठमाडौँ - प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण शुक्रबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए । 

प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराए । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।
 

शुक्रबार, ११ जेठ २०८१, १३ : ०२

प्रतिक्रिया