धावनमार्गमा खाल्डो देखिएपछि १ घण्टाका लागि सबै उडान बन्द

३ हप्ता अगाडि

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टाका लागि सबै उडान बन्द गरिएको छ। 

धावनमार्गमा खाल्डो देखिएपछि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।  त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको जानकारी दिए। ‘धावनमार्गको सी र डीको बीचमा एउटा खाल्डो परेको भन्ने आएको छ,’ झाले  भने, ‘धवनमार्गको चेकजाँच र मर्मतको लागि अहिले १ घण्टाको लागि बन्द गरिएको छ।’

अहिले विमानस्थल बन्द भएपछि क्वालालम्पुरबाट काठमाडौं आएको मलेसिया एयरलाइन्स र बैंककबाट आएको थाइ एयरवेजको जहाज आकाशमै घुमिरहेका छन्। 

३ हप्ता अगाडि

प्रतिक्रिया