ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि

३ हप्ता अगाडि

काठमाडौं- नेपालमा पुनः कोरोना सङ्क्रमण फैलिने खतरा देखिएको छ ।

कोभिड–१९ को नयाँ ‘सब–भेरिएन्ट’ नेपालमा पनि देखिएसँगै पुनः कोरोना फैलिने त्रास बढेको हो । जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड–१९ को नयाँ ‘सब–भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो । अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए ।

पछिल्लो समय नेपालमा पुष्टि भएको ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोन भेरिएन्टको सब–भेरिएन्ट भएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा देखिएको कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको हो । प्रयोगशालाले गरेको ४० वटा कोभिड संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ‘केपी.१’ र ‘केपी।२’ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ । हाल यो भेरिएन्टको कोरोना अमेरिका, भारत र सिङगापुर जस्ता देशमा भेटिएको छ । विश्व स्वास्थ्य संगठनले यो संक्रमण घातक नभएको बताए पनि दीर्घ रोगी र बालबालिकाले भने सचेत हुनुपर्ने जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया