भतिजले कुटपिट गरेर काकाको हत्या

शुक्रबार, ११ जेठ २०८१, १५ : ३७

काठमाडौँ - हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

३१ वर्षीय डनराजले कुटपिट गरेर काकाको हत्या गरेका हुन् । जेठ ४ मा कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको कोहलपुर मेडिकल कलेजबाट उपचार पश्चात् घर फर्किदा बाटोमा नै मृत्यु भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरिरहेको छ । 
 

शुक्रबार, ११ जेठ २०८१, १५ : ३७

प्रतिक्रिया