५ हजार नक्कली नोटसहित किशोर पक्राउ

३ हप्ता अगाडि

काठमाडौँ - ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- १० बस्ने १८ वर्षीय किशोर छन् ।

उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । आरोपीको साथबाट प्रहरीले १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया